प्रकाशको रापमा रोटि सेक्नेहरु प्रति समर्पित

भाइरल प्रकाश,बहकिएका प्रधानमन्त्री,ओझेलमा परेको कन्टेन्ट

काठमाडौं । केहि दिन अघि एउटा युट्युब च्यानलले हराएका बर्षहरु शिर्षकमा एउटा भिडियो दर्शकमाझ प्रस्तुत गर्यो । रिलिज भएको १२ दिनमा उक्त भिडियो १० मिलियन भिउज भइसकेको छ र ट्रेडिङमा छ । भिडियोमा एक पात्र प्रकाश छन जो ३५ बर्ष अघि जन्मघर झापाबाट काठमाडौं आउदा हराएका हुन्छन । उनलाइ पत्रकार बिद्या चापागाँइले उत्तरी गोरखाको चुम भन्ज्याङमा फेला पार्छिन । उनको सबै कथा दृष्यमा कैद गर्दै पत्रकार बिद्यासहितको हेर्ने कथाको टिमले उनलाइ परिवारसंग पुनर्मिलन गराउन सफल हुन्छ । सुन्दर मनमोहक प्रकृतिक दृष्य र भाबुक प्रस्तुति,संगित समायोजन,र पात्रको प्रकृतिक अबस्थाको चित्रणले सबैको ध्यान केन्द्रित गरेको उक्त भिडियोलाइ बिभिन्न कोणबाट नियालियको छ यत्तिखेर । कसैले पुर्ब निर्धारित अभिनयको साथमा बनेको डकुमेन्ट्री भनेका छन त कसैले खोज पत्रकारीताको पछिल्लो उत्कृष्ट प्रस्तुति । यि र यस्ता कुरा हुदै गर्दा भिडियो रिलिज भएको दिन देखि १२ दिनसम्म आइपुग्दा प्रकाशले नागरिकता पाइसकेका छन । उनको बैक खाता खुलिसकेको छ । चौरीको गोठालोको रुपमा चित्रण गरिएका प्रकाश अहिले हवाइ यात्रा गर्दै भोजपुरपुग्ने भइसकेका छन साथै उनको घर निर्माणको प्रकृया सुरु भइसकेको छ र सामाजिक संजालमा उनीसंग विवाहगर्न चाहने युवतिको संख्या दिनानुदिन बढदो छ । यो उनि प्रतिको सकारात्मक पक्ष होला सायद ।

के बिद्या चापागाँईले उजागर गरेको बिषयबस्तु प्रकाशलाइ भाइरल बनाउनु मात्र थियो त ?

पक्कैपनि होइन होला । सदिर्यौदेखि देसमा ब्याप्त बेरोजगारीका कारण मुग्लान भासिएका कतिपय ब्यक्तित्वहरु उतै रनभुल्लमा परेका छन । विवशता र बाध्यताका बिच उनीहरु जन्मघर आउने अबस्था नभएको हुन सक्छ । ति र त्यस्ता परिबार धेरै पछि जन्मघर फर्कदा नागरिकताको सिफारीस नगरीदिने हाम्रो समाजले पुन बाध्य भएर आँखाभरी आँसु पार्दै फेरी मुग्लान भासियका अनगिन्ती पात्रहरुको पिडालाइ प्रकाशको माध्यम बाट उजागर गरियको थियो हराएका बर्ष मार्फत। तर प्रकाशलाइ नागरिकता दिलाउन प्रधानमन्त्रीले चासो देखाय अनि तुरुन्ताको तुरुन्तै नागरिकता लिएर प्रकाश प्रधानमन्त्री भेटन पुग्य । वास्तबमा कुरा के थियो भने प्रकाश जस्ता अनगिन्ती पात्रका लागि नागरिकता पाउने बाटो सहज बनाउन नितिगत सुधारको अपेक्षा स्वरुप प्रस्तुत गरिएको उक्त डकुमेन्ट्रीको मुख्य कन्टेन्टको घाँटी नमज्जाले रेटिएको छ ।

प्रकाश जो बच्चैमा हराए उनलाइ आश्रय दिएका चौरी मालिकले बर्षौदेखि उनलाइ गाँस बाँस कपास दिए । कतिपटक प्रकाश बिरामी भएहोलान उनको जिबन रक्षाका लागि ति मालिकले झार्की लगाए होलान जडिबुटी दिएहोलान र औषधी पनि पिलाएहोलान र आजको दिनसम्म पनि एक बेसहारालाइ जिउदो राखिराख्य तर केहि सामाजिक अभियन्ता भनाउदाहरुले निश्वार्थ भावनाले गरेको सहयोगलाइ श्रमशोषणसंग तुलना गरिदिए र अब बेशहारालाइ सहारा दिने भन्ने शोचाइ भएकाले पनि दुई पटक शोच्न बाध्य हुने भए । प्रकाश भाइरल हुदै गर्दा अभियन्ताहरुले पनि उनको भाइरल रापमा आफ्नो रोटिसेक्न छाडेनन । कोहि एयरपोर्टमै पुगेर लम्पसार परे त कोहि नागरिकता दिलाउन र प्रधानमन्त्रीलाइ भेटाइदिने भन्दै काठमाडौंमा पसारो परे , कोहि …….उफ !

यहाँसम्मकी राज्यको प्रशासनिक क्षेत्रमा वरिष्ट ठाउमा पुगेर पनि जनताको गाँस बाँस कपासको सुनिश्चीतता गर्न माखो नमार्ने हरुले प्रकाशको घरमै पुगेर लाखको बिटो दिएर फेसबुकमा पोष्टाउन भ्याय। उनको आँगनमा जग खनिदिएको जस्तो गरेर प्रकाशको रापमा रोटि सेक्न भ्याँइरहेका छन । यस्तो जमातमा गाँउपालिका अध्यक्ष देखि कोशी प्रदेशका पूर्व मुख्य मन्त्री शेरधन राई हुदै संघिय पूर्ब पर्यटन मन्त्री सुदन किराँती सम्म पछि परेनन ।

त्यसोत प्रकाशलाइ बा्रण्ड एम्बासडर बनाएर आफु समाजिक अभियन्ता हुँ भन्ने स्थापित गर्न धेरै भन्दा धेरै लागिपरेको पनि देखियो । सामाजीक अभियन्ता या समाजसेविको ट्यागलाई अझ स्वघोषित उच्च बनाउन उनलाई कसैले २० हजार सहयोग गरे भने त केहिले १ लाख । यद्धपी प्रकाशले आजसम्म मलाइ आर्थीक सहयोग गर्नुहोस भनेर कहि कतै भनेका छैनन । सानैमा परिवारसंग बिछडिएका प्रकाशले स्वाभिमान कहिले बेचेनन । मागेर कहिले खाएनन । अहिले समाजसेवी भनाउदाहरुले आर्थीक सहयोगको नाममा आफ्नो ट्याग बेचेको हेक्का पाएभने प्रकाश परिवार भेटदा भन्दा पनि बढी भक्कानिन्छन होला ।
पत्रकार बिद्या चापागाँईले एउटा अन्तरवार्तामा भनेको एउटा प्रशंग याद आउछ घरीघरी ।दान दिनुछ भने एउटा हातले दिएको दान अर्को हातले पत्तो नपावस । उनैले उजागर गरेको पात्रमाथी पटक पटक सहयोगको नाममा सामाजीक संजालमा एउटा दुखि आत्माको रुपमा प्रकाशलाई चित्रण गर्ने जमात देखेर बिद्यापनि कठ्ठै भन्दै होलिन ।
हो देशमा भएका राजनैतिक उथलपुथलले धेरैका धेरै धेरै बर्षहरु हराएका छन । स शस्त्र द्वन्दका बेला कतिका सिउदोका सिन्दुर हराएका छन ।तत्कालिन अबस्थामा मानबता हरायो ।बिकासमा बिश्वकै एक नमुना देश बन्नुपर्ने नेपालको बिकास हरायो । थुप्रै कलिला बालबालिकाको सपना हारायो । बलापन हरायो । तिनिहरुमाथी देखाइएका या भनौ थोपरियका कल्पनाका संसार कहाँ हरायो हरायो ।हराएका मानबता ,हराएका बालापना,हराएका सपना,हराएका क्यारियरहरु खोजीदिएर कसैको जिम्मा लाइदिने बिद्या जस्ता पत्रकारहरु चाहि अब हराउनु हुदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर