काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर – १४ ले भेलामा उपस्थितीको लागि सुचना जारी गरेको हो ।
बल्खु खोला कटान नियन्त्रणका सम्बन्धका कार्तिक ६ गते भेला बोलाइएको हो । भू तथा जलाधार व्यवस्थापन कार्यालयले बल्खुखोला नदि नियन्त्रण शिर्षकमा १० लाख रुपैया र बल्खु खोला कटान नियन्त्रणमा १५ लाख रुपैया बजेट सुनिश्चित गरेको छ । उक्त कार्यक्रम तथा बजेट खर्च गर्ने अख्तियारी चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ लाई दिएको छ । सोहि योजना कार्यान्वयनका लागि कार्यक्रम स्थल एकिन गर्न र सरोकारवाला घरघुरी पहिचान गरी उपभोक्ता समिति गठन गरी कार्यक्रम कार्यान्वयनमा लैजान वडा कार्यालयले भेला डाकेको हो ।

भेला कार्तिक ६ गते बिहान साढे ७ बजे बल्खु खोला किनारमा हुने वडाध्यक्ष राज भाई महर्जनले जानकारी दिए ।

