काठमाडौं । प्रतिनिधिसभा विपक्षी दलका नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति निवासमा भेटवार्ता गरेका छन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले १०० दिन पूरा गरेकै दिन संसदका विपक्षी दलका नेताहरुले राष्ट्रपति पौडेल भेट्नुलाई अर्थपूर्ण मानिएको छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चासमेत भइरहेको बेला राष्ट्रपति पौडेलसँग विपक्षी दलहरुले भेटेका हुन् । राष्ट्रपति पौडेलसँग प्रतिपक्ष दलका नेताहरूले लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेका छन जवाफमा राष्ट्रपति पौडेलले आफू संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रर्वद्धनप्रति प्रतिबद्ध रहेको बताएका थिए ।
संविधानले दिएको कर्तव्य र सीमाअनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन राष्ट्रपतिले विपक्षी दलका नेताहरुलाई आग्रह गरेका थिए ।

