काठमाडौं । नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई नै उम्मेदवार घोषणा गरेको छ ।
यसअघि एमालेको कीर्तिपुर नगर समितिले डा. मानन्धरको नाम सिफारिस गरेको थियो । मानन्धर एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १० को अध्यक्षसमेत हुन् ।त्यस्तै,वडा नम्बर १ वडाध्यक्ष उम्मेदवारमा हर्ष महर्जन र वडा नम्बर ४ को वडाध्यक्ष उमेदवारमा बद्री बुढाथोकी लाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।
आज भएको घोषणासभामा मेयरका उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको चाहनाअनुसार काम गर्ने बताए । स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते हुँदै छ ।
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएपछि उक्त रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर