काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि आजदेखि देशव्यापी एभचपिभी खोप अभियान सुरु गर्दै छ ।

विश्व क्यान्सर दिवसको अवसर पारेर सरकारले मङ्गलबारदेखि एचपिभी खोप अभियान सुरु गर्न लागेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्चमाविबाट बिहान ११ बजे खोप अभियान शुभारम्भ गर्ने छन ।यस अवसरमा प्रधानमन्त्री ओलीले एक भिडियो सन्देश जारी गर्दै महिलाहरुको पाठेघरको मुखको क्यान्सर एउटा विश्वव्यापी र गम्भीर समस्या रहेको बताएका छन ।उनले भनेका छन ‘‘नेपालमा पनि यो रोग बढ्दै गएको छ । र यसबाट मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा यस रोगलाई निवारण गर्ने अथवा जनस्वास्थ्यको समस्याको रुपमा रहन नदिने भन्ने एउटा आह्वान गर्दछु ।यो अभियान आगामी फागुन ६ गतेसम्म चल्ने छ ।

https://www.facebook.com/share/v/1dYCjvCPm2/

अभियानको क्रममा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिने लक्ष्य छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय