काठमाडौं । बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सम्पन्न भएको छ ।

नेपाल विद्युत प्राधिकरणले विद्युतका तार अण्डर ग्राउण्ड गर्नका लागि होरिजेन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार पाइप फुटेको थियो । बुधबार बेलुका देखिनै पाईप मर्मत गर्न थालिएपनि मर्मत कार्य सम्पन्न बिहिबार दिउसो मात्रै भएको हो । करिब २० घण्टामा मर्मत कार्य सकिएको र पानी परीक्षण भइरहेको साथै परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)जानकारी दिएको छ । विद्युत प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा क्षति भएको हो ।

यसैबिच, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को पाइप विद्युत् प्राधिकरणको त्रुटीले गर्दा फुटेपछि क्षति भएको सडक पुर्नस्थापनाको लागि डिभिजन सडक कार्यालय काठमाडौंले निर्देशन दिएको छ । केयूकेएललाई बिहीबार डिभिजन सडकले पत्र लेख्दै अरनिको राजमार्गको माइतीघर तिनकुने सडक खण्डको बबरमहलस्थित सर्भिस लेनमा क्षतिग्रस्त सडक यथास्थितिमा यथाशिघ्र पुर्नस्थापना गर्न भनेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय