काठमाडौं ।चन्द्रागिरि नगरपालिकाको पशु सेवा शाखाले कुकुरको बन्ध्याकरण गर्न थालेको छ ।
शाखाले सोमबार चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ मा रहेका सामुदायीक कुकुरको बन्ध्याकरण र रेविज रोग विरुद्ध खोप कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम अन्तर्रगत ७३ वटा कुकुरको बन्ध्याकरण गरिएको पशु सेवा शाखा प्रमुख करनराज कठायतले जानकारी दिए । मुलतः सामुदायीक कुकुरको जनसंख्या बृद्धिलाई रोक्न बन्ध्याकरण गरिएको उनको भनाई छ । चालु आर्थीक बर्षमा वडा नम्बर ८, १० र ६ गरि तिनवटा वडामा रहेका सामुदायीक कुकुरको बन्ध्याकरण गरिने र अन्य वडाहरुमा आर्थीक बर्ष २०८२/८३ मा कार्यक्रमको निरन्तरता हुने उनले जानकारी दिए । कार्यक्रम अन्तर्रगत मंगलबार वडा नम्बर १० मा रहेका सामुदायीक कुकुरको बन्ध्याकरण गरिने छ ।कार्यक्रमका लागि २ जना डाक्टर,४ जना प्राविधिक सहायक,५ जान कुकुर समाउने सहायक लगायतको जनशक्ति परिचालन भएका छन ।
https://www.facebook.com/share/v/1YMoxmhhFS/
सामुदायीक कुकुरको व्यबस्थीत पालनपोषण गर्न नसक्दा र सामुदायीक कुकुरको टोकाइका कारण प्रताडितहुनु परेको गुनासो सम्बोधन गर्दै रेविज रोग विरुद्ध खोप पनि लगाइएको हो ।

