काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रबि लामिछाने माथी भएको राजनैतिक प्रतिशोध बिरुद्दको जनताको हस्ताक्षर भन्दै सुरु गरेको अभियानमा काठमाडौं जिल्लामा एक लाख ३५ हजार भन्दा बढीले हस्ताक्षर गरेका छन ।
असार १४ गतेबाट शुभारम्भ भएको अभियान असार १७ गतेदेखि पालिका स्तरमा संचालनमा रहेको छ । यस क्रममा रास्वपा काठमाडौं जिल्ला समितिले काठमाडौंको ११ पालिकाका १ सय ३८ बटै वडामा अभियान संचालन गरेको हो ।अभियानमा असार ३२ गते सम्म काठमाडौं जिल्लामा १ लाख ३५ हजार २ सय ६१ जनाले हस्ताक्षर मार्फत ऐकबद्धता जनाएका हुन । चन्द्रागिरि नगर समितिले अभियान अन्तर्रगत असार ३२ गते सम्म ११ हजार १ सय ६५ जना हस्ताक्षरकर्ताले एक्यवद्धता जनाएको चन्द्रागिरि नगर समितिका सचिव मधुकर बस्नेतले जानकारी दिए ।
देशभर जारी अभियानमा २२ लाख भन्दा बढीले हस्ताक्षर गरेको र ५० लाख रुपैयाँ भन्दा बढी स्वीक्षिक चन्दा संकलन भएको अभियानका सचिव एवं रवी लामिछानेका प्रेस सल्लाहकार प्रमोद न्यौपानेले जानकारी दिए । अभियान साउन १७ गते सम्म चल्ने छ ।

