काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५०/५० लागत सहभागितामा योजना माग गरेको हो ।

नगरपालिकाले शुक्रबार एक सुचना जारी गर्दै श्रावण ८ गते भित्र वडा कार्यालयको सिफारिस र लागत अनुमान सहित नगरपालिकामा योजना माग आवेदन पेश गर्न भनेको छ । आ.व. २०८२/०८३ मा नगरपालिकाको ५० प्रतिशत र उपभोक्ता समितिको ५० प्रतिशत लागत सहभागितामा योजना संचालन गर्न चाहने उपभोक्ताहरुले आवेदन पेश गर्न सक्नेछन । उपभोक्ता समितिले कार्यान्वयन गर्ने योजनाको हकमा लागत सहभागिताको रकम कार्यान्वयनको क्रममा आफै खर्च गर्न सकिनेछ भने ठेक्का प्रकृयाबाट संचालन गर्ने योजनाहरुको हकमा भने योजना स्वीकृती पश्चात टेण्डर/कोटेशन गर्नुपुर्व नै उपभोक्ताले व्यहोर्ने ५० प्रतिशत रकम नगरपालिकाको खातामा जम्मा गर्नुपर्ने व्यहोरा समेत यसै सूचना उल्लेख छ ।

यस योजनाका लागि बजेट सीमा भने २५ लाख रुपैयाँ सम्म रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय