काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १४मा रहेको एक मात्र सामुदायीक विद्यालय, मंगल माध्यामिक विद्यालयले माध्यामीक शिक्षा परिक्षा एसईई २०८१ मा उतिर्ण भएका बिद्यार्थीलाई बधाई तथा बिधाई गरेको हो ।
शुक्रबार एक कार्यक्रमका बिच चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी,बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर १४ का वडाध्यक्ष राजभाई महर्जन,चन्द्रागिरि नगरपालिकाका वरिष्ठ विद्यालय निरिक्षक शिक्षा युवा तथा खेलकुद शाखाका बुद्धिप्रसाद भट्ट,विद्यालयका प्रधान्ध्यापक कृष्णहरी काकी,वडा सदस्यहरु लगायतले बधाई तथा बिधाई गरेका हुन ।शैक्षिक सत्र २०८१ मा मंगल मा.वि बाट २५ जना बिद्यार्थी एसईई परिक्षामा सम्मिलीत थिए । तयसमध्ये ६० प्रतिशत अर्थात १५ जना बिद्यार्थी उतिर्ण भएका हुन । २०५८ सालदेखि माध्यामीक शिक्षा परिक्षामा समावेश भएको मंगल मा.विका एक बिद्यार्थीले शैक्षिक सत्र २०८१ मा ३ दशमलव ९२ जिपिए प्राप्त गर्दै नगरकै सामुदायीक विद्यालय मध्य उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले सामुदायीक विद्यालयको भौतिक प्रगति र उत्कृष्ठ नतिजाका लागि नगरले धेरै लगानी गरेको बताए । नगरलाई शैक्षिक हबको रुपमा बिकास गर्नका लागि प्रविधिक विद्यालय निर्माण,प्रविधी संग जोडनका लागि स्मार्टबोर्ड,फ्रि वाईफाई, स्कुल बसको व्यवस्था,दिवा खाजाको व्यवस्था, वाल बिकास कक्षा लगायतका न्युनतम आधारभुत आवश्यकताका बिषयहरु भइसकेको बताए । नगरपालिकाका वरिष्ठ विद्यालय निरिक्षक बुद्धिप्रसाद भट्टले सामुदायीक विद्यालयहरुले परिणाममुखी जतिजाका लागि गम्भिर हुनु पर्नेमा जोड दिए । उनले नगरको औषत रिजल्ट प्रतिशत ७८ प्रतिशत भन्दा माथी रहेको बताउदै विद्यालयले बिद्यार्थी मात्र नभएर अभिभावकहरु संगपनि निरन्तर छलफल गर्न सुझाव दिए । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर १४ का वडाध्यक्ष राजभाई महर्जनले सानो र खुम्चियको स्थानबाट विद्यालयलाई फराकिलो स्थानमा स्थानान्तरण गर्न सफल भएको र आगामि दिनमा थप परिणाममुखी नतिजाका लागि अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पूर्व सुरक्षाकर्मी परिषदका संरक्षक तथा राष्ट्रिय सेवा दलका पूर्व कार्यकारी महानिर्देशक उपरथी एवं मंगल मा.विका पूर्व बिद्यार्थी सुरेश कुमार कार्कीले स्वर्गीय शिवजी कार्कीको स्मृतीमा,एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई पुरस्कार प्रदान गर्ने हेतु एक लाखको अक्षयकोष रहने गरि आर्थीक सहयोग गरे । कार्यक्रममा बिभिन्न कक्षाका १० जना विद्यार्थीलाई छात्रबृद्धि प्रदान गरिएको थियो । सास्कृतिक कार्यक्रम सहित भएको समारोहमा स्काउट र राष्ट्रिय सेवा दलले बिशेष प्रस्तुति दिएको थियो ।
मंगल मा.विले शैक्षिक सत्र २०८० भन्दा शैक्षिक सत्र २०८१ मा एसईई परिक्षा नतिजामा २० प्रतिशतको सुधार गरेको हो ।

