काठमाडौं । बागमती प्रदेशमा पछिल्लो समय कांग्रेसकै कारण कांग्रेस नेतृत्वको सरकार बिघटनको स्थितिमा पुगेको छ ।
मुख्यमन्त्री बहादुर सिंह लामा र नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सभापति इन्द्रबहादुर बानियाँ बिचको शक्ति संघर्षका कारण सरकार बिघटनको संघारमा पुगेको हो । बानियाँले कांग्रेसबाट निर्वाचित २१ सांसदको हस्ताक्षर सहित संसदीय दलका नेता माथी अविश्वासको प्रस्ताव दर्ता गरेसंगै बागमतीमा कांग्रेसको किचलो छताछुल्ल भएको हो । बजेटमा आएको असन्तुष्टिको मौकामा बानियाँले लामालाई संसदीय दलको नेताबाट हटाउन शुक्रबार अविश्वास प्रस्ताव दर्ता गराएका थिए । संसदीय दलको नेता मुख्यमन्त्री बन्न पाउने भएकाले लामालाई हटाएर बानियाँ दलको नेता बन्ने प्रयासमा छन् ।
कांग्रेसकै नेताबीच जारी शक्ति संघर्षले बागमती प्रदेश सरकार विघटनको संघारमा पुगेको परिस्थिति सम्हाल्ने प्रयास जारी राखेको नेपाली कांग्रेसले केन्द्रबाट सहजीकरण गर्ने जिम्मा नेता राजन केसीलाई दिएको छ । प्रदेशको कुरा प्रदेशले नै मिलाउने प्रजातान्त्रीक पद्धतीमा केन्द्रबाट हस्तक्षेप नहुने भएतापनि केसीले सहजीकरण गर्ने छन । बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७ सांसदमध्ये २१ जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् भने चार जना मन्त्रीले राजीनामा दिइसकेका छन । उनीहरूलाई मुख्यमन्त्रीले पदमुक्त गरिसकेका छन् ।
लामाले कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँसँग पनि ९ महिनापछि सत्ता हस्तान्तरण गर्ने आन्तरिक सहमति गरेको र अहिले त्यसलाई पाखा लगाएपछि बानियाँले दबाब बढाएको राजनैतिक बृत्तमा चर्चा भएको छ । लामा र बानियाँ दुबै काग्रेस सभापति शेरबहादुर देउवाका निकटस्थ हुन ।देउवाले पछिल्लो समय बागमती कांग्रेसमा बिकसित घटना क्रमबारे कुनै औपचारिक निर्णय लिएका छैनन यद्धपी देउवाकै ग्रीन सिग्नलमा बानियाँले अविश्वासको प्रस्ताव दर्ता गराएको भनिएको छ ।
बागमतीमा कांग्रेसमा देखिएको किचलोको समाधान सहज भने हुने छैन । दुबै नेता आ–आफ्नै राजनैतिक रणनिति र दम्भमा भएको कारण प्रदेश सभामा अविश्वास प्रस्ताव माथि मतदानको प्रक्रिया अघि बढाने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर