काठमाडौं । नेपाल सांस्कृतिक कला मन्दिर, मच्छेगाउँको आयोजनामा हुदै आएको राष्ट्रिय लाखे नाच महोत्सव २०८२ को ब्यानर आज सार्वजनिक हुदै छ ।
चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले,स्थानीय जनप्रतिनिधि र संस्थाका पदाधिकारीहरुको उपस्थितीमा महोत्सवको ब्यानर सार्वजनिक गर्न लागेका हुन । चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवनमा बिहिबार दिउसो साढे ३ बजे महोत्सवको ब्यानर सार्वजनिक भएसंगै महोत्सवको औपचारिक प्रचारप्रसार सुरु हुने छ ।
लाखे नाच प्रदर्शनीले देशभरका नेवार समुदायको कला–संस्कृति एकै स्थानमा देख्न, हेर्न पाइनुका साथै संस्कृति जगेर्नामा योगदान पुग्ने छ ।युवापुस्तामा संस्कृति, परम्परा र मौलिकता उजागर गर्न महोत्सवले ठूलो सन्देश दिदै आएको छ ।

