काठमाडौं । चन्द्रागिरि नगरपालिकाभित्रका पानीजन्य प्रकोपका कारण जोखिम बढदो छ ।
नगरक्षेत्रका मुख्यतया खोलानाला र नदी किनारका क्षेत्रहरू बाढी,नदी कटान र डुवानका जोखिममा छन । विशेषगरी, नगरपालिकाको मध्य तथा पूर्वी भागमा रहेका समथर भू–भाग र घना वस्ती भएका वडाहरू पानीजन्य प्रकोपका कारण जोखिममा पर्ने गरेका छन । त्यस्ता वडाहरुमा वडा नं. १०, ११, १२, १४, र १५ रहेको छ । ति वडाका धेरैजसो भु–भागमा बाढी, कटान, र डुवानको जोखिम बढी देखिन्छ ।

यसमा बाढीको जोखिम (Flood Risk), नदी कटान (Bank Cutting), र डुबान (Inundation) जस्ता विपदहरूलाई विशेष आइकनहरू प्रयोग गरी गरिएको छ ।
नोटःनक्सामा देखाइएको गुलाबी रङ्गको बिल्टअप एरिया (वस्ती क्षेत्र) र नीलो रङ्गका नदी तथा खोलाहरूले यी जोखिम बस्ती र पानीका स्रोतबीचको निकटतासंग सम्बन्धित रहेको छ ।

