काठमाडौं । नेपाल एपीएफ स्कुल कीर्तिपुरको आयोजनामा नवौं अन्तर–विद्यालय एक्सटेम्पोरी प्रतियोगिता २०२५ भएको हो ।शुक्रबार नेपाल एपीएफ स्कुल कीर्तिपुरमा भएको प्रतियोगितामा काठमाडौं उपत्यकाका १७ विद्यालयहरूले भाग लिएका थिए ।प्रतियोगितामा चन्द्रागिरि नगर क्षेत्रमा रहेको सनसाइन स्कुलले तेश्रो स्थान हासिल गरेको हो । स्कुलकी छात्रा मेघना पाठक अन्तर–विद्यालय एक्सटेम्पोरी प्रतियोगितामा तेश्रो भइन ।
प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका छात्र युवराज सिंह प्रथम भए ।मोडर्न इन्डियन स्कुलले दोश्रो स्थान प्राप्त गरेको हो । कार्यक्रममा सशस्त्र प्रहरी स्कुल कीर्तिपुरका प्रधानाध्यापक युवराज पराजुलीले स्वागत गरेका थिए । विद्यालय कमान्डेन्ट, एसएसपी दिग्विजय सुवेदीले सहभागी विद्यालयहरूलाई कृतज्ञता व्यक्त गर्दै विजेताहरूलाई उत्कृष्ट प्रदर्शनको लागि बधाई दिए ।
युवा दिमागहरूमा आत्मविश्वास, आलोचनात्मक सोच र वक्तृत्व कलाको प्रवद्र्धन गर्ने भावनाका साथ प्रतियोगिता भएको हो ।

