काठमाडौं ।नेपाल सास्कृतिक कला मन्दिरको आयोजनामा हुन गइरहेको राष्ट्रिय लाखे नाच प्रदर्शनीमा भाग लिन दर्ता गर्ने अन्तिम समय भाद्र १२ गते रहेको छ ।
भाद्र १४ गते हुने राष्ट्रिय लाखे नाच प्रदर्शनीका लागि अहिले सम्म २५ लाखे टिमले नाम दर्ता गराइसकेका छन । ‘आफ्नो ठाँउको मौलिक कला र संस्कृति साटासाट गरौ’ भन्ने नाराका साथ चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ मच्छेगाउमा हुने राष्ट्रिय लाखे नाच प्रदर्शनीमा ४० लाखे सहभागि हुने आयोजकको अपेक्षा छ । प्रदर्शनी चन्द्रागिरि –९ मच्छेगाउ भलिबल ग्राउण्डमा भाद्र १४ गते हुनेछ ।
राष्ट्रिय लाखे नाच प्रदर्शनी, सांस्कृतिक तथा सम्मान कार्यक्रम–२०८२ का लागि सहभागि लाखेहरू
१. जि. नेवा यूवा खल -ईटहरी
२ झीगु नेवाः पुच – त्रियुगा नपा–११ गाईघाट, उदयपुर
३ झिगु नेवाः पुच–उप–शाखा त्रियुगा न.पा–०३ मोतिगड, उदयपुर
४.नेवार संघ, कटारी ५ भोर्ले -उदयपुर
५. जाकिडोल लाखे नाच -पनौति न.पा ९
६. ईटे लाखे नाच -धुलिखेल न.पा–१२
७. नेवा देय : दबू -बाह्रविसे
८.बाह्रविसे सांकृतिक समाज – बाहविसे
९.सुनाकोठी सिकमी घाँ वाजा खल – सुनाकोठी–ललितपुर
१०. नेवा देयः दबू –धरान
११. नेवा देयः दबू बिराटनगर महसमिति – मोरङ
१२. पनौती लाखे नाच -पनौती
१३. इन्द्रपुर नेवा पुचः विराटचोक,सुन्दरहरैचा ९
१४. बटार लाखे पुच -बटार
१५ झिगु नेवा पुच समाज – धादिङ
१६ पासा पुच -धरान
१५. भस्मासुर नाच (नागचा नृत्य) -भक्तपुर
१६. पाऊँ लाखे पाँगा-किर्तिपुर
१७. भोजपुरको लाखे काठमाडौं तथा कला संस्कृति उत्थान -भोजपुर
१८. चरिकोट लाखे (लालीगुरांस क्लव)– चरिकोट
१३. चेकपोष्ट लाखे समुह – चन्द्रागिरी
२० गोपाली एकता समाज -पालुङ
२१. ओखलढुङ्गा लाखे पुच -ओखलढुङ्गा
२२ जाखा धिमे खल– जाखा किर्तिपुर
२३. विद्यापति दाफा खल –बज्रबाराही
२४. धापासी ग्याँचुली वासुरी खला– टोखा न.पा
२५. देवढोका लाख पुच – किर्तिपुर

