काठमाडौं । चन्द्रागिरि नगरपालिकाको नेतृत्वले नगर क्षेत्र भित्र स्वास्थ्य क्षेत्रमा छलांङ्ग मरिसकेको दाबी गरिरहदा स्वास्थ्य क्षेत्रको बिजोग वास्तविकता बाहिर आएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ स्थित स्वास्थ्य चौकीको अनुगमनका क्रममा स्वास्थ्य क्षेत्रको नाजुक अवस्थाको चित्र बाहिरिएको हो । काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी सहितको टिमले चन्द्रागिरि १४ स्थित नैकाप स्वास्थ्य चौकीको अनुगमन गरेको हो । अनुगमनका क्रममा स्वास्थ्य चौकी प्रमुखले नगरपालिकाले एक वडा एक डक्टरको व्यबस्था गरेपनि बिरामीलाई आवश्यकता अनुरुपका औषधी उपलब्ध गराउन नसक्दाँ सेवाग्राहीहरु असन्तुष्ट हुनेगरेको बताए । स्वास्थ्य चौकीहरुका भौतिक सामाग्रीको कमीहुदाँ सेवाग्राहीहरु अन्यत्र जाने गरेको अनुभव बताए । स्वास्थ्य कर्मीहरुको लापरवाहीका कारण सेवाग्राही स्वास्थ्य चौकीमा सेवा लिन नआउने गरेको सोचाई जनप्रतिनिधीहरुमा हुने गरेको तर भौतिक संरचनाको बारेमा चासो नराखेर दोस जति अन्यत्र थुपार्ने गरेको आरोप समेत लगाए ।सरकारले ९८ थरिका औषधी स्वास्थ्य चौकीबाट उपलब्ध हुने गरेको भनेर स्टन्ट मात्रै गरेको तर वास्तविकतामा ३८ थरि औषधी पनि उपलब्ध नभएको उनीहरुले सुनाए । उनीहरुले भने हामीले परिवार नियोजनका सामान्य साधन समेत समयमा उपलब्ध गराउन सक्ने अवस्था छैन । अनुगमनका क्रममा संगै गएका चन्द्रागिरि नगरपालिका स्वास्थ्य शाखाका प्रतिनिधीले भने बजेट अभावका कारण समस्या झेल्नु परेको भन्दै बचाउ गरेका थिए । नगरपालिकाले उच्च रत्तचाप र मधुमेहका बिरामीलाई औषधीका लागि मासिक रकम उपलब्ध गराउदै आएको साथै अन्य बिबिध कार्यक्रम ल्याएको उनिहरुको दाबी थियो ।
https://youtu.be/QPqQr8jFp7o?si=q1X-0Ava2iNb8Fme
अनुगमनका क्रममा काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले गुनासोहरुलाई गम्भिर भएर सुनेपनि कुनै प्रतिक्रिया भने दिएनन ।

