काठमाडौं ।चन्द्रागिरि नगरपालिका स्थित विद्युत प्राधिकरण चोकमा “Motherland Film Academy”को कार्यालय खुलेको हो ।अभिनय,निर्देशन, छाँयाङ्कन,सम्पादन, सर्ट मुभि मेकिङ्ग लगायतका फिल्मसंग सम्बन्धीत सम्पुर्ण कार्य अब सोही कार्यालयबाट हुनेछ ।साथै स्वास्थ्य, शिक्षा, चलचित्र, कला तथा सामाजिक विकासको क्षेत्रमा योगदान गर्ने उद्देश्यले स्थापना गरिएका सामाजिक संस्था “जागौं युवा परिवर्तनको लागि“को कार्यालयको पनि उद्घाटन भएको छ ।

दुबै संस्थाको कार्यालयको उद्घाटन चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले शनिबार गरेका हुन ।कार्यालय उद्घाटन गर्दै नगरप्रमुख गिरीले संचार माध्यमले नकारात्मकता मात्रै फैलाउन नहुने बताए ।संचार माध्यम पनि समाजकै अभिन्न अंग भएको भन्दै सबै आलोचनाका पाटाहरुलाई पहिले टेबुलमा बसेर निम्टाउनु पर्ने उनको भनाइ थियो ।
https://www.facebook.com/share/v/1Cjw2HanME/
साढे ४ दशकको समाजसेवामा आफ्नो सक्रियता भएको बताउदै उनले पछिल्लो समय नकारात्मकताले समाजमा उत्सींङ्खलता बढने त्रास भएको बताए । नयाँ पुस्ताको बिचार र सक्रियतामा सधै आफ्नो साथ रहने भन्दै उनले दुवै संस्थाको प्रगतिको शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठले युवाहरुलाई समेटेर समाज परिवर्तनमा अघि बढन सल्लाह दिइन । उनले भनिन संस्थाको नाममात्रै गहकिलो भएर हुदैन काममा पनि त्यस्को परिणाम देख्न पाइयोस । चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष न्युँच्छे बहादुर महर्जनले संस्थाको बिधान अनुरुपका कार्य मात्र गर्न सल्लाह दिए । वडा नम्बर ६ का वडा सदस्य शान्ता बलामीले संस्थामा सदैब साथ र सहयोग रहने भन्दै हौस्सला प्रदान गरिन ।

‘जागौं युवा परिवर्तनको लागि’का अध्यक्ष बिक्रम महर्जनले आगामी दिनमा अझै स–शक्क्त भएर सामाजिक कार्य गर्ने प्रण गर्दै संस्था स्थापनार्थ सहयोगीहरुको साथले परिणाम मुखी कार्यमा अग्रसरताको प्रतिबद्धता ब्यक्त गरे । संस्था चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ स्थित विद्युत प्राधिकरण चोकमा खुलेको हो ।

