काठमाडौं । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।यसै उपलक्ष्यमा चन्द्रागिरि ४ थानकोट क्षेत्रमा सास्कृतिक -र्याली निकालिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ को आयोजनामा भएको भिंन्तुना सास्कृतिक ज्याझ्वः नाप भिन्तुना सास्कृतिक -र्याली ११४६ भएको हो ।वडा कार्यालयको प्रङ्गणबाट सुरु भएको -र्याली थानकोटकाबिभिन्न टोल हुदै गणेश मन्दिरबाट फर्किएको थियो ।-र्यालीमा बिभिन्न समुहहरु धिमे,बाँसुरी लगायतका बाध्यबादन सहित सहभागि भएका थिए । र्याली सिलाफल स्थित राष्ट्रिय विभूति शंखधर साःख्वाको शालिकमा माल्यार्पण गर्दै सम्पन्न भएको हो ।चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण प्रसाद खडगी,वडा सदस्यहरु,समाजसेवी लगायतले शालिकमा माल्यार्पण गरेका हुन ।

https://www.facebook.com/share/v/1DKZA7gAKG/

उक्त शालिक नेपाल सम्वत ११३६(२०७२ कार्तिक २६ गते)मा डाक्टर साफल्य अमात्यद्वारा शिलान्यास भएको हो भने नेपाल सम्वत ११३६ (२०७३ कार्तिक १४ गते) तत्कालिन प्रधानमन्त्री पुष्पकमल दहालले शालिक अनावरण गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय