काठमाडौं । चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले प्रबिधी युक्त पठनपाठनबाट संसारमा प्रतिष्पर्धा गर्न सक्ने बालबालिका तयार गर्नुपर्नेमा जोड दिएका छन ।
शुक्रबार चन्द्रागिरि नगरपालिकाको प्रशासकिय भवनको सभाहलमा शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको आर्थिक बर्ष २०८२/८३ को वार्षिक कार्यक्रम अभिमुखीकरण कार्यशालामा नगरप्रमुख गिरीले त्यस अभियानमा लान नगरले हदै सम्मको प्रयास गरेको बताए । उनले बिगतका बर्षहरु भन्दा आजको दिनमा सामुदायीक बिद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरमा बृद्धि भएको बताए ।नगरलाई शैक्षिक हवको रुपमा बिस्तार गर्न पहिलो प्रथमिकतामा राखेर कार्यक्रमहरु ल्याईएको उनको दाबी छ । अभिमुखीकरण कार्यशालाले शैक्षिक गुणस्तरलाई अभिबृद्धि गर्न महत्वपूर्ण भुमिका खेल्ने उनको अपेक्षा छ । कार्यक्रममा चन्द्रागिरि नगरपालिका सामाजिक बिकास समिति संयोजक तथा वडा नम्बर १५का वडाध्यक्ष घनश्याम लुइटेलले नगर शिक्षा ऐन जारी गर्न ढिलाइ गर्न नहुने भन्दै सरोकारवालाहरुलाई ऐन निर्माणमा सहयोग गर्न आग्रह गरे । उनले गुणस्तरीय शिक्षा प्रदानका लागि शिक्षकहरुको बृद्धिबिकास हुनुपर्नेमा जोड दिए । प्रधानाध्यापकको नियुक्ती,पूनर्नियुक्ती लगायतका बिषयमा बिद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरु गम्भिर हुनु पर्ने उनको भनाई छ ।
कार्यक्रममा नगरपालिकाले गत आर्थिक बर्ष २०८१/८२ बाट बिनियोजित शिक्षा कार्यक्रम अन्तर्रगत प्रीन्टर र ल्यापटप वितरण गरिएको छ । नगरक्षेत्रमा संचालित १७ सामुदायीक बिद्यालयलाई २/२ वटा,एक हजार भन्दा बढी बिद्यार्थी रहेका मंगोलदय,प्रभात र बलम्वु बिद्यालयलाई थप १/१ वटा,३ वटा आधारभुत बिद्यालयलाइ १/१ वटा र सामुदायीक क्याम्पसलाई २/२ वटा गरि ४४ वटा ल्यापटप र सामुदायीक बिद्यालयलाई १/१ र ३ वटा आधारभुत बिद्यालयलाई १/१ वटा गरि कुल २० थान प्रिन्टर वितरण गरिएको हो ।भुक्तानी प्रकृयामा भएको ढिलाइका कारण गत आर्थिक बर्षको कार्यक्रम चालु आर्थिक बर्षमा भएको हो ।यो संगै नगरपालिकाले सबै सामुदायीक बिद्यालय र सामुदायीक क्याम्पसलाई ६५ इन्चको कुल २२ वटा स्मार्ट बोर्ड वितरण गरिसकेको छ। त्यस्तै सामुदायीक र आधारभुत बिद्यालयमा ५५ इन्चको ४० वटा टिभी सेट पनि वितरण गरिसकेको हो ।

नगरक्षेत्रमा संचालित सामुदायीक बिद्यालयका माथिल्लो कक्षाले स्मार्ट बोर्ड प्रयोग गरेका छन भने बाल बिकास केन्द्र लगायत तल्लो कक्षा हरुमा टिभि मार्फत डिजिटल पढाइ भइरहेको नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बुद्धि भट्टले जानकारी दिए।अन्तरक्रिया कार्यक्रममा शिक्षा क्षेत्रमा संघ ,प्रदेश र स्थानिय तहहरुको कार्यक्रमको जानकारी र कार्यान्वयनमा लैजान गर्नुपर्ने कार्यहरुका बारेमा छलफल भएको हो ।

