काठमाडौं । आज कार्तिक पूर्णिमा । चन्द्रागिरि नगरपालिका वडा नम्बर–७ स्थित त्रिवेणी धाममा विशेष मेला लागेको छ ।

कार्तिक पूर्णिमाका दिन त्रिवेणी संगममा स्नान गरे मोक्ष प्राप्ती हुने विश्वासका साथ त्रिवेणी स्नान गरिएको हो । चन्द्रागिरि नगरपालिका वडा नं ७ को त्रिवेणीमा ३ पवित्र नदीहरु स्वर्णधारा (गयानदी गःखु) थानकोट शोणितपुरवाट वग्ने, शक्रदीप्ति अर्थात इन्द्रावती इन्द्रदहवाट वग्ने र भस्म गंगा (मान्खु खोला) र चन्द्रागिरि पर्वतवाट वग्ने नदीहरु मिसिएको छ । जसलाई धार्मिक ग्रन्थ नेपाल माहात्म्य हिमवत्खण्डमा लीङ्गतीर्थ भनेर चर्चा गरेको छ ।

यस पवित्र क्षेत्रको दर्शन गरी स्नान गरेमा विभिन्न रोगव्याधी निको भई मनले सोचेको कुरो पुग्ने पुराणमा उल्लेख छ । त्रिवेणी धाममा विशेष मेला भएका कारण आज चन्द्रागिरि ७ को वडा कार्यालयले पर्व बिदा समेत दिएको छ ।

https://www.facebook.com/share/v/1D4qS9JCQR/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय