काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आर्थिक बर्ष २०८२८३ मा आन्तरिक राजश्व संकलनका श्रोत र अनुमान गरेको रकम एक अर्ब ४४ करोड चौसठ्ठी लाख भन्दा बढी रहेको थियो ।

 

बिभिन्न २४ वटा शिर्षकमा राजश्व उठाउने र गत आ.वमा बैकमा रहेको ११ करोड रुपैया सम्म जोडेर उक्त अंक बराबरको राजश्व संकलनको संम्भावना देखेको नगरपालिकाले चालु आ.ब.को बैशाखको पहिलो हप्ता सम्म आइपुग्दा आन्तरिक तर्फ जम्मा २३ करोड ८७ लाख ९३ हजार रुपैयाँ र घरजग्गा रजिष्ट्रेशन मार्फत १९ करोड १४ लाख २७ हजार रुपैयाँ राजश्व संकलन भएको हो । उक्त तथ्यांक अनुसार चालु आ.ब.को दशौ महिनाको पहिलो हप्ता सम्म नगरपालिकामा जम्मा ४३ करोड २ लाख २० हजार रुपैया मात्र राजश्व संकलन भएको देखिन्छ ।

नगरपालिकाले चालु आ.ब.मा अपेक्षा गरेको राजश्व र संकलन भएको राजश्वको बिचमा १ अर्ब १ करोड ६१ लाखको अन्तर देखिएको छ । अहिलेसम्म संकलित राजश्व अनुमानित राजश्व संकलनको जम्मा २९ दशमलव ७४ प्रतिशत मात्र हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय