काठमाडौं । काठमाडौंमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण अवरुद्ध भएको छ ।
मेलम्ची खानेपानी आयोजनाको थोक वितरण प्रणालीको पाइप चुहिन थालेपछि शुक्रबारदेखि पानी वितरण अवरुद्ध भएको हो । मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट काठमाडौं ल्याइने पानीको थोक प्रणालीको पाइप मर्मत भइरहेको हुनाले पानी वितरण अवरुद्ध भएको हो । चुच्चेपाटी क्षेत्रमा खानेपानीको सहायक पाइप बिछ्याउने क्रममा मुख्य पाइप नै फुटेको थियो । मर्मतका लागि सडक नै खन्नुपर्ने भएकाले पानी पुनः सञ्चालनमा केही ढिलाइ हुने भएको छ ।पाइप फुटेपछि सुन्दरीजल प्रशोधन केन्द्रबाट नै वितरण प्रणालीमा पानी छोडिएको छैन ।
चुच्चेपाटीस्थित आयोजनाको थोक वितरण प्रणालीको एक हजार चार सय एमएमको फुटेको पाइप मर्मत गर्नु परेकाले केही दिनका लागि पानी वितरण अवरुद्ध भएको हो ।

