काठमाडौं ।बाघलाई नियन्त्रणमा लिनका लागि पर्सा वन्यजन्तु आरक्षणबाट दुई वटा हात्ती, नेपाली सेनाका मेजर ढलकबहादुर मोक्तान र चितवन राष्ट्रिय निकुञ्जबाट टोली खटिएको थियो । टोलीले मंगलबार साँझ बघिनीलाई नियन्त्रणमा लिएको हो । आइतबार साँझ मनहरी–५ मा बाघको आक्रमणबाट वसन्तपुरकी कान्छीमाया रुम्बाको मृत्यु भएको थियो । घर नजिकै बारीमा घाँस काट्न गएको अवस्थामा ७२ वर्षीया रुम्बालाई बाघले आक्रमण गरेपछि उनको मृत्यु भएको हो ।
घाँस काट्न गएकी रुम्बा,घर नर्फिएपछि खोजी गर्ने क्रममा बाघले वृद्धा रुम्बाको शरीर बोकेर हिँडेको गाउँलेले देखेका थिए ।उक्त बघिनीले सोमबार ७ वटा खसि बाखा्रा समेत मारेको थियो ।

