काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफु चन्द्रागिरि नगरपालिकाको बासिन्दा भएकोमा गर्व लागेको बताएका छन ।
चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित मुनाल क्लबमा बिहीबार आयोजित जीपीएस, जीआइएस प्रविधिमा आधारित नगर प्रोफाइल बमोजिम डिजिटल घर नम्बर तथा सडक चोक नामाकरण प्लेट जडानको शुभारम्भ गर्दै मन्त्री लेखकले जिपिएस प्रणालीबाट प्रत्येक घरमा,प्रत्येक चोकचोक ,बाटो बाटोमा डिजिटल प्लेट लगाउने र उक्त प्लेटले सबै जानकारी प्राप्त गर्न सकिने प्रणालीको शुभारम्भ गरेको चन्द्रागिरि नगरपालिका, पहिलो डिजिटल नगरपालिका बन्न सफल भएको भन्दै प्रशंसा गरे ।उनले चन्द्रागिरि नगरपालिकाले महत्वपुर्ण कार्य गरेको र देशमा नै पहिलो नगरपालिका भएको र यस्तो कार्य गर्ने नगर प्रमुख घनश्याम गिरि पहिलो नगरप्रमुख भएको भन्दै गिरिलाई बधाई दिए ।
गृहमन्त्री लेखकले शुसासन,संबिधानको रक्षा, भ्रष्ट्राचार नियन्त्रण,दिगो शान्ति अहिलेको राष्ट्रिय एजेण्डा भएको बताउदै सेवाग्राहिलाई सहज सेवा प्रदान गर्दै शुसासनको प्रत्याभुत गराउन नगरपालिकाले त्यतातिर पाइला अगाडि बढाएको बताए । उनले स्थानीय सरकार साँच्चीकै सरकार भएको अनुभुत गराएको भन्दै आफु चन्द्रागिरि नगरपालिकाको बासिन्दा भएकोमा गर्व लागेको बताए । चन्द्रागिरि नगरपालिकाको कार्य देश भरिकै लागि एउटा अनुकरणीय र अनुशरणीय कार्य भएकोे बताउदै अन्य पालिकाले पनि हेर्नुपर्ने, सिक्नु पर्ने र गनुपर्ने भएको उनले बताए ।नगरपालिकाले नगरक्षेत्रमा रहेका ३७ हजार भन्दा बढी घरमा र ४६ सय भन्दा बढी सडकको नामाकरण सहित डिजिटल प्लेट राख्न लागेको हो । नगरपालिकाको महत्वाकांक्षी योजना मध्यको एक यो योजनाको तयारी ४ बर्ष भन्दा अघि गरिएको थियो । यो योजनाले पूर्ण सार्थकता पाउन भने थुप्रै चुनौति रहेको बताइएको छ ।
नगर क्षेत्रका कतिपय स्थानमा बाटोको नामाकरण हुन नसकेको,नगर क्षेत्रकै वडा वडा बिचको सिमा पहिचान हुन नसकेको लगायतका समस्या रहेको बताइएको छ । साथै नगरपालिकामा दक्ष जनशक्त्तिको अभावले यो योजना निष्कर्षमा पुग्नेमा भने शंका व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय