काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, पूर्वाधार निर्माण कार्यमा प्रयोग हुने सवारी साधनहरुको प्रदुषण जाँच गराउन निर्देशन दिएकी छन ।

महानगरको गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत पूर्वी क्षेत्रको वडा नं. ७ चावहिल गणेशस्थान मार्गको कालोपत्रे गर्न प्रयोग गरिएका सवारी साधनले धुँवा फालेको देखेपछि उनले यस्तो निर्देशन दिएकी हुन ।

‘सवारी साधन जुनसुकै हुन् । सबैले सवारी प्रदुषण मापदण्ड पालना गर्नुपर्छ । सामान्यतयाः सार्वजनिक र निजी सवारी साधनले धुँवा फालेको देख्दा प्रदुषण बढाएको गुनासो सुन्ने गरिन्छ । प्रदुषण सबै खालका सवारी साधनबाट हुन्छ । तपाईँहरुले निर्माण कार्यमा प्रयोग गर्नुभएका सवारी साधन प्रदुषण जाँच गराउन लैजानुहोला भन्दै हरियो स्टिकर भएका सवारी साधन मात्र निर्माण कार्यमा प्रयोग गर्न उनले निर्माण पक्षलाई निर्देशन दिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय