काठमाडौं । बालगायक सचिन परियारको उपचारका क्रममा बिहीबार निधन भएको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको बिहीबार बिहान १०ः४५ मा निधन भएको हो ।अस्पतालमा उपचारत चिकित्सकका अनुसार सचिनलाई जन्मजात भेन्ट्रिकुलर सिस्ट भएको थियो । यो दुर्लभ ब्रेन ट्युमर हो, जुन १० लाख जनसंख्यामध्ये तीन जनामा मात्र हुन्छ ।सचिनलाई तीव्र ज्वरो, सास फेर्न गाह्रो हुने समस्याका कारण गत साता अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गर्दा उनको अवस्था गम्भीर थियो । चिकित्सकका अनुसार अस्पताल भर्ना गर्दा सचिन ‘सेप्टिक सक’मा थिए । शरीरमा संक्रमण तीव्र गतिले फैलिरहँदा शरीरका अंगलाई चाहिने रगत, अक्सिजन र पोषक तत्वलगायतका तत्वको कमी भई अवस्था गम्भीर हुनु सेप्टिक सक हो ।साथै उनलाई निकै दुर्लभ मानियको डाइबेटिज इन्सिपिडसको पनि समस्या थियो । यो समस्याले बिरामीको मिर्गौलाले अत्यधिक मात्रामा पिसाब बनाउने गर्छ ।सचिनको ६ महिनाअघि नै त्रिवि शिक्षण अस्पतालमा मस्तिष्कमा जमेको पानीलाई कम गर्न शल्यक्रिया गरेर पाइप राखिएको थियो । साथै, सचिनको समस्या बढ्दै गएर कम्मरमुनिको भाग समेत नचल्ने अवस्था आइसकेको थियो । उनलाई निमोनिया, छातीमा संक्रमण, मिर्गौलामा चोटपटक भएको थियो । जसकारण शरीरमा संक्रमण तीव्र फैलिंदा शरीरबाट रगत अत्यधिक बगिरहेको थियो ।भेन्टिलेटरमा राखेर उपचार गरिएको उनको मुख र नाकबाट रगत बगेको थियो । भर्ना भएको पाँचौं दिनमा उनको फोक्सोबाट अचानक रक्तस्राव भएको र सचिनको शरीरका सबैजसो अंगले क्रमशः काम गर्न छोडेका थिए । शरीरमा अक्सिजन पनि कम हुँदै जँदा अचानक हृदयघात भएपछि उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

 

उनको निधनमा प्रधानमन्त्री के पी शर्मा ओलीले श्रद्धाञ्जली ब्यक्त गरेका छन समाजिक संजालमा लेख्दै ओलीले भनेका छन – बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु। एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पु¥याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ।
बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जली !!

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय