काठमाडौं ।चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ थानकोट कोतघरमा महाभारत कथामा आधारित बाह्बर्षे नाच महाभारत देखाइएको हो ।
नाँच शुक्रबार साँझ देखि शनिबार बिहान सम्म निरञ्तर प्रस्तुत गरिएको हो । श्री आदिनारायण भजन मण्डलको आयोजना तथा चन्द्रागिरि हाइकर्स कमिटिको व्यबस्थापनमा गरिएको महाभारतमा एक सय भन्दा बढी कलालारले भगवानको कथामा आधारित नृत्य प्रस्तुत गरेका थिए ।
मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर १० टौखेल र न्हुँल गाउको श्री चम्पाकेश्वर गोपाली सनातन सँस्कृति संरक्षण समिति द्वारा महाभारत कथामा आधारित नृत्य तयार गरियको हो । यो नृत्य मकवानपुर जिल्लामा बाह्बाह् बर्षमा कार्तिक १ गते देखाइने गरिएको थियो ।पहिलो पटक मकवानपुर जिल्ला बाहिर चन्द्रागिरिमा भगवानको नृत्य प्रस्तुत गरिएको हो ।
गंगा,पार्वती,गणेश,भैरव,कुमार आवाजु, ख्याँग लगायतको नाँच प्रस्तुत गरियको थियो । कार्यक्रमको व्यबस्थापन गरेको चन्द्रागिरि हाइकर्स कमिटिले समुदायलाईनै कार्यक्रमको आभास हुनेगरि समुदाय लक्षित व्यबस्थापनलाई प्रथमिकतामा राखेको थियो ।
https://www.youtube.com/watch?v=B45jYd5HBGU
मध्य पुष महिनाको ठण्डीमा पनि कार्यक्रममा उल्लेखनिय सहभागिता र पौराणिक नृत्यमा बृद्धबृद्धालाई दैविक मनोरञ्जन र नया पुस्तालाई संस्कृतिको जागरण र हस्तान्तरणनै मुल उद्देश्य रहेको आयोजकले जानएको छ ।

