काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले अहिलेको दुई दलिय सरकार सम्पुर्ण रुपमा असफल भइसकेको बताएका छन ।
नेकपा (माओवादी केन्द्र)चन्द्रागिरि नगर कमिटीको तेस्रो अधिवेशनको चन्द्रागिरिको एक ब्याङ्केटमा उद्घाटन गर्दै सापकोटाले अहिले सरकारको कुनै क्षेत्रमा उपस्थिती नभएको बताए । उनले भने सरकारले राम्रो काम गरेकालाई दुःख दिने काममा गरिरहेको छ ।सरकारले बिद्युत प्रधिकरणका निर्देशक कुलमान घिसिंङलाई दुः ख दिने,त्रिबिको उपकुलपतिलाई दलका भात्रृसंगठन लगाएर कार्यालय जान नसक्ने अबस्था बनाएको उनको आरोप छ । सरकारको उपस्थिती भ्रष्ट्राचारी जोगाउने र बिचौलियाको संरक्षण गर्नेमा रहेको उनले बताए । फरक प्रशंगमा उनले बिचार र चेतना अग्रगामी भएकाले नै नेतृत्व गर्नुपर्नेमा जोड दिए ।
स्थानिय तहका हक अधिकारहरुको अध्ययन गरेर नगरपालिकाका योजनाहरुमा सुझाव दिने र कार्यान्वयन गराउन दवाव दिन उनले कार्यकर्तालाई आग्रह गरे ।अधिवेशनले नगरअध्यक्षमा गोपी सुर्खेती,उपाध्यक्षहरूमा चन्द्रराज अधिकारी, पञ्च कुमार श्रेष्ठ , तेजमान श्रेष्ठ र सचिवमा सुमित्रा भुजेल र कोषाध्यक्षमा सुमन श्रेष्ठ सहित ४६ सदस्यीय नगर पार्टी कमिटी चयन गरेको छ ।

