काठमाडौं । पर्वतमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ।
पर्वतको कुश्मा नगरपालिका–१०  पीपलटारीस्थित तल्लो रोहोटेका ध्रुव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा ग्यास चुहिएर एक्कासि आगलागी हुँदा छिमेकी ७३ वर्षीया दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो। पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा गएकी थिइन् । घटनामा गम्भीर घाइते भएका घरधनी ५२ वर्षीय रेग्मीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ।
आगलागीलगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय