काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकालगायतका स्थानीय समूहले जनवरी १ तारिखदेखि त्यस क्षेत्रमा आपत्कालीन उडानबाहेक अरू उडान गर्न नपाइने भन्दै खुम्बु क्षेत्रका हेलिप्याडमा स्थानीयले झण्डा गाडेर अवरोध गरेका छन् ।
उनीहरुले हेलिकोप्टर अवतरण भएमा चालकलाई समातेर कारबाही गर्ने बताएपछि वायुसेवा सञ्चालक संघले त्यस क्षेत्रमा हुने सबै हेलिकोप्टर तथा जहाजका उडान अनिश्चितकालका लागि स्थगीत गरेको हो ।
हेलिकोप्टर सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म त्यस क्षेत्रका सबै उडान वायुसेवा कम्पनीले अनिश्चितकालका लागि स्थगीत गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

