काठमाडौं । गोरखा राज्य विस्तारका क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ ।
आइतबार गोरखा दरबार स्थित हनुमानभञ्ज्याङबाट नेपाली सेनाले यात्रा सुरु गरेको हो । यात्रा जिल्लागत रूपमा हस्तान्तरण हुँदै अघि बढ्ने छ ।आइतबार पहिलो दिन नेपाली सेनाको रिपुमर्दन गणले गोरखा–धादिङ सीमाको घाटबेंसीसम्मको यात्रा गर्ने छ । आइतबार साँझ नै घाटबेंसीमा धादिङको शिवदल गणलाई यात्रा हस्तान्तरण गरिनेछ ।पृथ्वीनारायण शाहको पालामा स्थापना भएको नेपाली सेनाको पाँच प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज)को झण्डा सहित नेपाली सेनाले पदयात्रा सुरु गरेको हो ।
गोरखा, धादिङ, नुवाकोट हुँदै पुस २७ गते पृथ्वीजयन्तीका दिन काठमाडौं हनुमानढोकामा हुने विशेष समारोहमा पुगेर यात्रा टुंगिने नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय