काठमाडौं । धनुषा जिल्लाको मिथिला नगरपालिका–१० लालगढस्थित माझी टोलमा एक नवजात शिशुको केहिदिन अघि अकाल मृत्यु भयो ।
यो प्रतिनिधी घटना मात्र भएको र यस्तो परिस्थिती पटक पटक दोहोरिय पछि नवजात शिशुको अकाल मृत्युका कारणको पहिचान र समस्या समाधानका लागि उपाय सिफारिस गर्न मद्येश प्रदेश सरकारले आइतबार विशेषज्ञ चिकित्सकसहितको विज्ञ टोली स्थलगत निरिक्षणमा खटाएको हो ।मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानको संयोजनमा प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा.वर्षा प्रकाश, प्रतिष्ठानमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.रुबी सिँह र डा.राजदेव महतो, बालरोग विशेषज्ञ डा.रविन्द्रकुमार साहलगायतको टोलीले बस्तीमा बालमृत्युका कारण बच्चाको हेरविचारमा सतर्कता नअपनाइएको र रहनसहन लगायत व्यवहार परिवर्तन आवश्यक भएको प्रारम्भिक ठहर गरेको हो ।
नवजात शिशु अकाल मृत्युवरण गर्नुको कारण र त्यसो हुन नदिन आवश्यक पहलकदमी चाल्ने तर्फ प्रदेश सरकार सर्तक रहेको मधेशप्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय