काठमाडौं । नेकपा एमालेको आठौँ केन्द्रिय कमिटी बैठकले आज समसामयिक १४ वटा प्रस्ताव पारित गरेको हो ।
ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आइतबारदेखि बसेको केन्द्रीय कमिटीको बैठक सुशासन, विकास र समृद्धिको अभिभारा पुरा गर्न राजनीतिक स्थायित्वको प्रतिविद्धतासहित विविध समसामयिक प्रस्तावहरू पारित गर्दै आज सकिएको छ ।बैठकद्वारा पारित प्रस्तावले राष्ट्रिय हितको रक्षा, सामाजिक आर्थिक रूपान्तरण, सुशासन, स्वरोजगार, भ्रष्टाचार नियन्त्रण, पारदर्शिताको सुनिश्चितता, बाढि पहिरो, भूकम्पबाट पीडितको पुर्ननिर्माण, पुनस्र्थापनाका कार्यमा तीव्रता दिन, भूकम्प, मिथ्या सूचना प्रचारलाई रोक्न नियामक निकायका भूमिका थप प्रभावकारी बनाउन सरकारसँग सङ्कल्प र आग्रह गरेको छ ।बैठकले नेकपा एमाले र नेपाली काँग्रेसको संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएकोे निष्कर्ष समेत निकालेको छ ।
बैठकले सरकारलाई प्राप्त ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै विकास र समृद्धिको अभिभारा र एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण समेत गराएको छ ।

