काठमाडौं ।चन्द्रागिरिमा रहेको एरा डान्स स्टुडियोको प्रस्तुतिमा चन्द्रागिरि डान्स धमाका–२०८१ हुने भएको छ ।
कला र संस्कृतिको जगेर्णा गर्ने उद्देश्यले बृहत सास्कृतिक कार्यक्रम आयोजना हुने भएको हो । पुष २७ गते शनिबारका दिन हुने कार्यक्रम चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ को भलिबल मैदानमा हुनेछ । कार्यक्रममा डान्स गु्रप,स्कुल लगायत २० भन्दा बढी समुहका २ सय भन्दा बढी कलाकारको सहभागिता रहने छ । कार्यक्रममा जन जातिलाई झल्काउने मौलिक नृत्य प्रस्तुत हुनेछ । दिउसो १२ बजे देखि सुरु हुने कार्यक्रममा संघिय सांसद राजेन्द्र कुमार केसी,प्रदेश सांसद रमा आलेमगर,पुकार पुकार महर्जन,यमुना देबी श्रेष्ठ, चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख,उपप्रमुख लगायतको आतिथ्यता रहने आयोजकले जानकारी दिएको छ ।

