काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १२ स्थित बलम्बुस्थित बलम्बु माध्यमिक विद्यालय हातामा निर्माण भएको बहुप्राविधिक शिक्षालय भवनको उद्धघाटन हुने भएको छ ।

भवनको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले माघ १ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । विद्यालयका ९ कक्षादेखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई केन्द्रित गरी बलम्बु प्राविधिक शिक्षालयको भवन निर्माण गरिएको हो । ड्रिम सेयरिङ फाउन्डेशन, दक्षिण कोरियासँगको समन्वयमा स्थानीय साझेदार संस्था विकासका लागि ऐक्यबद्धता (सोड) सँग चन्द्रागिरि नगरपालिकाको सहकार्यमा प्राविधिक शिक्षालयको भवन २ करोड ६४ लाख रुपैयाँको लागतमा निर्माण भएको हो । उक्त प्रविधिक बिद्यालयबाट ब्युटिसियन, अटोमोबाइल मर्मत, मोबाइल मर्मत र इलेक्ट्रिसियन सम्बन्धी पढाई हुनेछ ।विद्यालयमा प्राविधिक पढाइका लागि भवन बनाउन सोड नेपाल र चन्द्रागिरी नगरपालिकाबीच २०८० जेठ २० गते सम्झौता भएको थियो ।

 

भवनको सिलान्यास चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी लगयतले २०८० भदौ ६ गते गरेका थिए । भवन १२ महिनाभित्र निर्माण सम्पन्न हुने पर्ने थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय