काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुनः प्रहरी हिरासतमा पठाएको छ ।
सहकारी रकम अपचलनसम्बन्धी मुद्दामा सोमवार थुनछेक बहस नसकिएपछि उनलाई हिरासत पठाईएको हो ।जाहेरवालाकै तर्फबाट बहस गर्न केही वकिल बाँकी रहेकाले माघ २ गतेबाट फेरि बहसले निरन्तरता अदालतले जानकारी दिएको छ । काठमाडौमा उनीविरुद्ध स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन र सङ्गठित अपराधसम्बन्धी मुद्दा परेका छन् । सरकारी वकिलको कार्यालयले गत साता लामिछानेसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरी बचतकर्ताको रकम ठगी गरेको र त्यो कार्य सङ्गठित रूपमा भएको भन्दै मुद्दा दर्ता गराएको थियो ।
उनीहरूविरुद्ध सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको कुल एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय