काठमाडौं । चन्द्रागिरिको चर्चित सांगीतिक समुह “लु निभा ब्याण्ड”ले क्यान्सर पीडितको सहयोगार्थ सांगीतिक च्यारिटी कार्यक्रम गरेको हो ।
चन्द्रागिरि –१२ बलम्वुमा आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले क्यान्सर रोग पिडित २७ बर्षिय अञ्जली श्रेष्ठलाई नगरपालिकाबाट अधिकतम सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । उनले “लु निभा ब्याण्ड”ले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै अन्जली श्रेष्ठलाई सबैले सहयोग गर्न आब्हान समेत गरे । चन्द्रागिरि –१२ बलम्वुमा निवासी क्यान्सर रोग पिडित अञ्जली श्रेष्ठ बिगत ५ बर्षदेखि क्यान्सर रोगसंग जुध्दै आएकी छन । महँगो उपचारले तनाव युक्त अबस्थामा रोग संग जुध्नु परेको बाध्यतालाई बुझेर उपचारमा सहयोग हुने हेतुले “लु निभा ब्याण्ड”ले च्यारिटी सांगीतिक कार्यक्रम गर्दै आएको छ । पाँच बर्ष अघि अञ्जलीले Bsc अध्ययन सकेर शिक्षण अस्पताल, महाराजगन्जबाट नर्सिङ पेशामा अवद्ध भइन ।सोही बर्ष उनमा क्यान्सर रोग लागेको पहिचान भयो । उनलाई परिवारले दर्जनौंपटक किमो थेरापी गराई सकेको छ । उपचारमा सहजता र बिरामीमा अत्मबल बढाउने उद्देश्यले “लु निभा ब्याण्ड”का सदस्यहरु अंताज नकर्मी,हिरक सुवाल,रोहित महर्जन,सौरभ नकर्मी,अनेश महर्जन लगायत कलाकारहरुले चन्द्रागिरि नगरपालिकाका सबै वडामा च्यारिटी सांगीतिक कार्यक्रम गर्ने योजना अनुरुप आज बलम्वुमा कार्यक्रम आयोजना भएको हो ।
सांगीतिक च्यारिटीमा उपस्थितहरुले संंगीतको अन्नद लिदै सामाजिक कार्यमा सक्दो आर्थिक सहयोग गरिरहेका छन ।

