काठमाडौं । चितवनको माडीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
आक्रमणमा परि तीन जना घाइते भएका छन् ।मंगलबार दिउँसो माडी नगरपालिका–३, स्थित चितवन राष्ट्रिय निकुञ्जको छेउमा भैसी चराउने गएका स्थानीय ५६ वर्षीय छबिलाल बोटलाई गैंडाले आक्रमण गरेको थियो उनको घटनास्थलमै मृत्यु भएको हो ।छबिलाल संगै रहेका अन्य ३ जनालाई पनि गैंडाले आक्रमण गरेको हो ।गैंडाको आक्रमणबाट माडी–३ कै ५० वर्षीय हेमराज महतो, ६८ वर्षीय कृष्ण महतो र ४५ वर्षीय राजु बोट घाइते भएका छन् ।
हेमराज र कृष्णको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने बोटको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

