काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् । मन्त्रिपरिषद्ले पाँच वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेता पनि यसअघि ४ वटा अध्यादेश मात्रै जारी भएका थिए ।
राष्ट्रपति कार्यालयले थप अध्ययन गरि आज भूमिसम्बन्धी अध्यादेश जारी भएको हो ।

