काठमाडौं । दुर्लभ वन्यजन्तु ध्वाँसे चितुवाको छालासहित दुई जना पक्राउ परेका छन ।
प्रहरी प्रभाग नयाँबसपार्क र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले रसुवा उत्तरगया–९ का टेक बहादुर तामाङ र रसुवाकै कालिका गाउँपालिका–२ का सञ्जय तामाङलाई वन्यजन्तुको छालासहित नियन्त्रणमा लिएको हो ।गोङ्गबु शिवमन्दिरस्थित भित्री सडक खण्डमा ग १४ प ८४०४ नम्बरको २२० सिसिको रातो कालो पल्सर मोटरसाईकलमा आइरहेका उनीहरुलाई विशेष सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय