काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ चेकपोष्टले चालु आर्थिक बर्ष २०८१ ८२ को श्रावण देखि पुष मसान्त सम्म ६५ लाख ८२ हजार ९ सय ८९ रुपैयाँ राजश्व संकलन गरेको छ ।
वडा कार्यालयले भुमी तथा मालपोत कर २ लाख ४१ हजार ८ सय ९२,व्यवसाय कर ११ लाख ३९ हजार ८ सय १०,सम्पत्ति कर २६ लाख २८ हजार ९ सय १२,घर बहाल कर १८ लाख ७३ हजार ८ सय ८७ रुपैयाँ राजश्व संकलन गरेको हो । त्यस्तै जग्गा बहाल कर १ लाख ५१ हजार ४ सय,व्यक्तिगत घटना दर्ता दस्तुर ५ हजार २ सय,र सिफारिस दस्तुर ५ लाख ४१ हजार ८ सय ८५ रुपैयाँ सहित कुल ६५ लाख ८२ हजार भन्दा बढी राजश्व संकलन गरेको हो ।
चालु आर्थिक बर्षको ६ महिनामा वडा कार्यालयले जम्मा २ वटा योजना मात्रै सम्पन्न गरेको छ । कुल ४७ वटा योजना अघि सारेको वडाले ६ महिनामा १३ वटा योजनामा समझौता गरेको छ भने ८ वटा योजना कोटेशन टेन्डरका लागि नगरपालिका पठाएको छ ।वडाले अघि बढाएको २४ वटा योजनामा भने कुनै काम हुन सकेको छैन ।
चालु आर्थिक बर्षको ६ महिनामा वडामा ६२ वटा व्यक्तिगत घटना दर्ता भएका छन । महिला ५ र पुरुष १८ गरि २३ वटा जन्म दर्ता, पुरुष ६ र महिला ५ गरि ११ वटा मृत्यु दर्ता,११ विवाह दर्ता, १६ वटा बसाई सरी आएको र १ वटा बसाई सरी गएको घटना सहित ६२ वटा घटना दर्ता भएको वडा कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय