काठमाडौं । चन्द्रागिरि नगरपालिकाको ६ महिनाको राजश्व संकलन गत आर्थिक बर्ष भन्दा २० प्रतिशतले बृद्धि भएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को साउन देखि पौष मसान्त सम्म नगरपालिकाले १५ करोड २७ लाख ८ हजार ५ सय ३७ रुपैयाँ राजश्व संकलन गरेको हो । गत आर्थिक वर्षको सोही अवधीमा नगरपालिकामा १२ करोड ७३ लाख ५१ हजार ८ सय ७१ रुपैयाँ राजश्व संकलन भएको थियो । गत वर्ष भन्दा चालु आर्थिक वर्षमा नगरपालिकामा २ करोड ५३ लाख ५६ हजार ६ सय ६६ रुपैयाँ बढी राजश्व संकलन भएको छ । गत वर्षको तुलनामा साउन देखि पौष मसान्त सम्ममा १९ दशमलव ९१ प्रतिशत राजश्व संकलनमा बृद्धि भएको हो ।यो अवधीमा चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ ले सबैभन्दा बढी १ करोड ८७ लाख ४१ हजार २ सय ४१ रुपैयाँ राजश्व संकलन गरेको छ । वडा नम्बर ४ मा भने सबैभन्दा कम ४१ लाख १४ हजार ६३ रुपैयाँ मात्र राजश्व संकलन भएको छ । वडा नम्बर १ ले ५९ लाख ६९ हजार ६ सय पैतालिस,वडा नम्बर २ ले ४४ लाख ८७ हजार १ सय ४९ ,वडा नम्बर ३ ले ८५ लाख १४ हजार ६ सय १५,वडा नम्बर ५ ले ७२ लाख १२ हजार ५ सय ८३ रुपैया राजश्व संकलन गरेको छ । त्यस्तै वडा नम्बर ६ ले ६१ लाख ३८ हजार ७ सय ८६ रुपैयाँ,वडा नम्बर ७ ले ६५ लाख ८२ हजार ९ सय ८९ रुपैयाँ ,वडा नम्बर ८ ले ६५ लाख ६३ हजार ८ सय ३० रुपैया राजश्व संकलन गर्दा वडा नम्बर ९ र १० ले क्रमशः ४५ लाख ८४ हजार २ सय ९ र १ करोड ३ लाख ६५ हजार १ सय ९७ रुपैयाँ राजश्व संकलन गरेका छन ।वडा नम्बर ११ ले १ करोड ३९ लाख ३८ हजार १ सय १५ रुपैयाँ ,वडा नम्बर १२ ले १ करोड ८ लाख २३ हजार ४ सय ७७ रुपैयाँ राजश्व संकलन गरेका छन । वडा नम्बर १३ ले ४६ लाख २२ हजार ३ सय ७७ रुपैयाँ राजश्व संकलन गर्दा वडा नम्बर १४ ले भने ९२ लाख ८५ हजार ८ सय ८५ रुपैयाँ राजश्व संकलन गरेको हो ।

 

गएको आर्थिक वर्ष २०८०/८१ मा कुल २७ करोड १ लाख ७८ हजार ४ सय ६८ रुपैयाँ राजश्व संकलन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय