काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ मातातीर्थमा संचालीत एक टेलरमा आगलागी भएको छ ।
स्थानीय जनबिकास मा.बि भन्दा पश्चिमपट्टी रहेको एक सटरमा आगलागी भएको हो । मंगलबार बिहान लागेको आगो चन्द्रागिरि नगरपालिकाको दमकल,प्रहरी,सशस्त्र प्रहरी र स्थानीयको सहयताले नियन्त्रणमा आएको हो । आगलागीबाट टेलरमा रहेका सम्पुर्ण कपडा,कपडा सिउने मेशिन लगायतका समान पूर्ण क्षति भएको छ ।
बिद्युत सर्ट भइ आगलागी भएको प्रहरीको प्ररम्भिक अनुसन्धानमा देखिएको र करिव ५ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । सटर धनी सानुभाई मिजार को मा लक्ष्मण नेपालीले भाडामा लिई कपडा सिलाउने टेलर संचालन गर्दै आएका थिए ।

