काठमाडौ । प्रथम वेष्ट डिभिजन आमन्त्रण जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता २०८१ को उपाधी वेष्ट डिभिजन डोजाङ्गले जितेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मातातीर्थमा वेष्ट डिभिजन तेक्वान्दो डोजाङ्गको आयोजनामा बुधबार भएको प्रतियोगितामा वेष्ट डिभिजन डोजाङ्गले २२ स्वर्ण,१९ रजत र १८ स्वर्ण सहित ५९ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।

प्रतियोगितामा लायन मार्शल आर्टसले ८ स्वर्ण २ रजत र ११ कास्य सहित २१ पदक जित्दै दोश्रो स्थानमा रहदा थ्रि ब्रदर्शले ४ स्वर्ण ७ रजत र १९ सहित ३० पदक जित्दै तेश्रो स्थानमा रहन सफल भएको हो ।

प्रतियोगितामा वेष्ट प्लेयर वेष्ट डिभिजन तेक्वान्दो डोजाङ्गका निनोश वाईवाले पुरुष तर्फको वेष्ट प्लेयरको अवार्ड हात पारे । उनी २४ केजि तौल समुहमा प्रतियोगितामा सहभागि भएका थिए ।

त्यस्तै महिला तर्फ लायन मार्शल आर्टसकी सपना रिखिमले वेष्ट प्लेयरको अवार्ड हात पारेकी हुन । उनीले ४५ केजि तौल समुहमा प्रतियोगितामा सहभागि थिइन ।

८ वटा क्लबले सहभागिता जनाएको उक्त प्रतियोगितामा १ सय ७३ जना खेलाडि सहभागि थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय