काठमाडौं । सोनाम ल्होछार २८६१ शुरु भएको छ ।
तामाङ समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ सोनाम ल्होछार मनाइरहेका छन ।यसै अवशरमा चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ स्थित बाझाँचौरमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ । धारापानी तामाङ्ग गुठी समितिको आयोजनामा सोनाम ल्होछारको अवशरमा सास्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेश सभा सदस्य एवं पूर्व युवा तथा खेलकुद मन्त्री रमा आलेले सोनाम ल्होछारलाई राज्यले सम्मान गर्दै सार्वजनिक बिदा दिन थालेको र तामाङ्ग समुदायको मात्रै नभएर सबै नेपालीको साझा चाडको रुपमा बिकास हुदै गएको बताइन ।
उनले तामाङ्ग समुदायको गुम्बा निर्माणमा प्रदेश सरकारले लगानी गरिरहेको बताउदै त्यसलाई समुदायको भाषा,संस्कृति,रिति रिवाज अनुसारको पूर्णता दिनुपर्ने बताइन । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरिले नगरपालिकाले नगर क्षेत्रमा मनाइने धर्म, संस्कृति,चाडपर्वलाई साथ र सहयोग रहिआएको भन्दै बिबिध जात जाति,गुठि,समुह, समिति लगायतको योगदानले सास्कृतिक नगरी चन्द्रागिरिको नारालाई सार्थक बनाएको बताए । यस्ता गतिबिधीले सास्कृतिक महत्वलाई पुस्तान्तरण गर्न सहज हुने भन्दै नगरपालिकाले यस्ता पहिचान र परिचय जिवन्त राख्न सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त्त गरे ।
वडा नम्बर ८ का पूर्व वडाध्यक्ष सन्तोष खडकाले राष्ट्र निर्माणमा तामाङ जातिको महत्वपूर्ण भुमिका रहेको भन्दै सो समुदायको भेषभुषा,नाँचगानले छुट्टै परिचय स्थापित गरेको बताउदै सोनाम ल्होछारको शुभकामना ब्यक्त गरे ।

धारापानी तामाङ्ग गुठी समितिका अध्यक्ष रामबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा बिबिध सास्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।

