काठमाडौं । चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले एच.पि.भि खोप अभियानमा सहभागि हुन नगर क्षेत्रमा रहेका किशोरीहरुलाई अनुरोध गरेका छन ।
भिडियो सन्देश जारी गर्दै गिरीले यहि माघ २२ गते देखि २९ गते सम्म संचालन हुने पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच.पि.भि खोप अभियानमा सहभागि हुन अनुरोध गरेका हुन । नगरपालिकाले नगरक्षेत्रमा रहेका करिव ६ हजार ३ सय किशोरीलाई खोप लगाउने लक्ष्य लिइएको र बिद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरु र बिद्यालय नजाने १० देखि १४ वर्षका किशोरीहरुलाई यो खोप दिइन लागिएको हो । गिरीले भनेका छन –आफु अध्ययनरत बिद्यालय वा नजिकैको खोप केन्द्रबाट एच.पि.भि खोप लगाउन अनुरोध गर्दछु ।
नगरपालिकाले बिद्यालय केन्द्रित खोप केन्द्रहरुबाट पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच.पि.भि खोप अभियान संचालन गर्न लागेको हो ।

