काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि आजबाट देशव्यापी एचपीभी खोप अभियान सञ्चालन गरेको हो ।

यसै अभियान अन्तर्रगत चन्द्रागिरि नगरपालिकाका १ हजार ६ सय ८१ जना किशोरीले अभियानको पहिलो दिन एच.पि.भि खोप लगाएका छन । नगरपालिकाको वडा नम्बर २ मा १ सय ९ जना, वडा नम्बर ३ मा २ सय जना, वडा नम्बर ४ मा ६७ जना,वडा नम्बर ५ मा १ सय ७० जना किशोरीले खोप लगाएका हुन । त्यस्तै वडा नम्बर ६ मा १ सय १७ जना,वडा नम्बर ७ मा १ सय ५ र वडा नम्बर ८ मा ८७ जना किशोरीले खोप लगाएका हुन । चन्द्रागिरि नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार वडा नम्बर ९ मा चौरान्नब्बे,वडा नम्बर १० मा चौरहत्तर,वडा नम्बर ११ मा एक सय २१,वडा नम्बर १२ मा १ सय पन्चान्नब्बे, वडा नम्बर १३ मा १ सय ७३,वडा नम्बर १४ मा ८८ र वडा नम्बर १५ मा ७१ जना किशोरीले खोप लगाएका छन । नगरपालिकाका १५ वटा वडा मध्ये आज १४ वटा वडामा खोप अभियान संचालन भएको हो । खोप अभियानको तालिका अनुसार वडा नम्बर १ मा भने भोलीबाट मात्र खोप लगाइने छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीको उपस्थितीमा वडा नम्बर ४ मा रहेको चुनदेबी मा.बि.खोप केन्द्रबाट मंगलबार बिहान अभियानको औपचारीक सुभारम्भ भएको हो ।

 

नगरले ६ हजार ३ सय किशोरीलाई खोप लगाउने लक्ष्य राखेको छ । नगरपालिकाका १५ वटै वडामा संचालनहुने यस अभियानका लागि ७० वटा खोप केन्द्र रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय