काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि गत माघ २२ गते बाट देशव्यापी एचपीभी खोप अभियान सञ्चालन गरेको हो ।

माघ २२ गते देखि संचालन भएको उक्त अभियान अभियान अन्तर्रगत चन्द्रागिरि नगरपालिकामा अभियानको चौथो दिन सम्म आइपुग्दा ५ हजार ३० जना किशोरीले खोप लगाएका छन । चन्द्रागिरि नगरपालिका वडा नम्बर १ मा २ सय ५ जना, वडा नम्बर २ मा २ सय ७०, वडा नम्बर ३ मा ४ सय ३९ जान ,वडा नम्बर ४ मा ४ सय ९५ जना ,वडा नम्बर ५ मा ४ सय २३ जनाले खोप लगाएका हुन । त्यस्तै वडा नम्बर ६ मा २ सय ८,वडा नम्बर ७ मा ३ सय ३१, वडा नम्बर ८ मा २ सय १५,वडा नम्बर ९ मा २ सय ९२, वडा नम्बर १० मा १ सय ९६ ,वडा नम्बर ११ मा ३ सय ८६, वडा नम्बर १२ मा ४ सय ७५, वडा नम्बर १३ मा ४ सय २१, वडा नम्बर १४ मा ४ सय र वडा नम्बर १५ मा २ सय ७४ जना किशोरीले खोप लगाएको चन्द्रागिरि नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । नगरले ६ हजार ३ सय किशोरीलाई खोप लगाउने लक्ष्य राखेको छ । नगरपालिकाका १५ वटै वडामा संचालनहुने यस अभियानका लागि ७० वटा खोप केन्द्र रहेका छन । खोप अभियान फागुन ६ गते सम्म संचालनमा रहने छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत बिद्यालयका र बिद्यालय बाहिर रहेका १० बर्ष देखि १४ बर्ष सम्मका किशोरीहरुलाई खोप लगाइएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय