काठमाडौं । नेकपा (एमाले) चन्द्रागिरि नगर कमिटी को दास्रो पूर्ण कमिटिको बैठक सम्पन्न भएको छ ।
नगर पार्टी कार्यालय गुरुजुधारामा शनिबार बसेको बैठकबाट ६ वटा बिषय अनुमोदन भएका छन । बेठकले नगर कमिटिमा ११ जनालाई मनोनित गरेको छ । शान्ता गिरी वडा नं. १,सुमन श्रेष्ठ ,गोविन्द ओली वडा नं. ३,आत्माराम सुवेदी वडा नं. ६, खगेन्द्र बस्नेत वडा नं. ८, कृष्णमाया पुर्कोटी वडा नं. ८,राजेश श्रेष्ठ वडा नं ८,तीर्थराज काफ्ले वडा नं. ११, ज्ञानराज पाण्डे वडा नं. १२,रमेश भण्डारी वडा नं. १३ र विक्रम महर्जन वडा नं. १४ लाई बैठकले नगर कमिटीमा मनोनीत गरेको हो ।त्यस्तै बैठकले विभाग गठन सम्बन्धमा,जन संगठनको इन्चार्ज तोक्ने सम्बन्धमा,बिभाग प्रमुख र उप–प्रमुख तोक्ने सम्वन्धमा, त्रैमासिक योजना पास गरेको सम्वन्धमा र चन्द्रागिरि नगरपालिका वडा नम्बर १ देखी १५ वडाको टोल कमिटी को नामाकरण सहित जिम्मेवारी बाँडफाड सम्बन्धमा निर्णय गरेको नेकपा एमाले चन्द्रागिरि नगर कमिटी सचिव लक्ष्मी सुवेदी थापाले जानकारी दिईन ।
बैठकमा उपसचिव रिना महर्जनले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् भने केन्द्रीय सदस्य डा. अजय क्रान्ति शाक्यले प्रविधिले राजनीतिलाई पार्ने प्रभाव र अर्का केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरले वर्तमान नेपालको परिवेशमा माक्र्सवादको सिर्जनात्मक प्रयोग सम्बन्धी प्रशिक्षण दिएका थिए ।

