काठमाडौं । चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा २१ दशमलब ३७ प्रतिशत बजेट खर्च गरेको छ ।
आर्थिक वर्ष २०८१ /८२ मा कुल २ अर्ब ८१ करोड ३५ लाख बजेट बनाएको नगरपालिकाले पौष मसान्त सम्म जम्मा ६० करोड १२ लाख ८५ हजार रुपैयाँ खर्च गरेको हो ।नगरपालिकाले चालु खर्च तर्फ ४० करोड ७ लाख ४८ हजार र पूँजीगत खर्च तर्फ २० करोड ५ लाख ७० हजार रुपैयाँ खर्च गरेको हो । गत आर्थिक वर्षको पौष मसान्त सम्म चालु खर्च तर्फ ३३ करोड ४८ लाख ७७ हजार र पूँजीगत खर्च तर्फ ९ करोड ३७ लाख १२ हजार रुपैयाँ बजेट खर्च भएको थियो । तुलनात्मक रुपमा गत आर्थीक वर्षको भन्दा चालु आर्थिक वर्षको बजेट खर्च चालु र पूँजीगत तर्फ क्रमशः ७ दशमलब १९ र १ सय १४ दशमलब ०३ प्रतिशतको बृद्धि भएको छ । बजेट खर्च गत आर्थिक वर्षको तुलनामा ३० दशमलब ५५ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष सोहि अवधीमा जम्मा ४२ करोड ८५ लाख ८९ हजार रुपैयाँ बजेट खर्च भएको थियो ।
तुलनात्मक रुपमा गत आर्थीक बर्षको भन्दा बजेट खर्च बृद्धि भएको भएता पनि चालु आर्थिक बर्षमा आशातित बजेट खर्च भने हुन नसकेको हो ।

